क्याम्पस प्रमुखहरुले दिए सामूहिक राजीनामा – Kanika Khabar
Saturday, April 20Nepali News Portal

क्याम्पस प्रमुखहरुले दिए सामूहिक राजीनामा

    मा प्रकाशित

माघ ८, सुर्खेत ।
मध्यपश्चिमाञ्चल विश्वविद्यालयका क्यामपस प्रमुखहरुले सामूहिक राजीनामा दिएका छन् ।सुर्खेतको वीरेन्द्रनगरमा रहेको मप विश्वविद्यालयका क्याम्पस प्रमुखहरुले उपकुलपतिको अभद्र व्यवहार गरेको भन्दै राजीनामा दिएका हुन् ।

उपकुलपतिको कार्यालयमा बिहीबार बसेको बैठकमा विश्वविधालयका उपकुलपति नन्दबहादुर सिंहले क्याम्पस प्रमुखहरूलाई अभद्र व्यवहार गरेको भन्दै क्याम्पस प्रमुखले सामूहिक राजीनामा दिएका हुन् ।

पछिल्लो समय मप विश्वविधालयमा विद्यार्थी आन्दोलित छन् । विद्यार्थीको आन्दोलन दबाउन भूमिका नखेलेको भन्दै उपकुलपति सिंहले अश्लील गालीगलौज र अभद्र ब्यबहार गरेको बताइएको छ ।व्यवस्थापन संकायका डाइरेक्टर, शिक्षा संकायका प्रमुख, कानुनका डाइरेक्टर, इन्जिनियरिङ, मानबिकी र व्यवस्थापन संकायका क्याम्पस प्रमुखले राजीनामा दिएको स्रोतले जनाएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्