नेकपाले जनताका सामु आफूलाई झुठाे सावित गर्याे : खनाल – Kanika Khabar
Thursday, April 25Nepali News Portal

नेकपाले जनताका सामु आफूलाई झुठाे सावित गर्याे : खनाल

    मा प्रकाशित

कनिका खबर
माघ, दाङ ।

नेकपा सरकारले जनताका सामु आफूलाई झुठाे सावित गरेकाे संविधानसभा सदस्य राजु खनालले बताएका छन् । चुनावका बेला र सरकारमा गएपछि जनताका सामु मिठा सपना बाँडेकाे नेकपा आज जनताका सामु गलत साबित भएकाे नेता खनालले बताए ।
आज बिहिवार काङ्ग्रेसले देशव्यापी रूपमा गर्न थालेकाे विराेध प्रदर्शनकाे पूर्वसन्ध्यामा नेपाली काङ्ग्रेस घाेराही उपमहानगरपालिका इकाइ समिति वडा नं. १५ ले आयाेजना गरेकाे बिराेध सभालाई सम्बाेधन गर्दै संविधानसभा सदस्य खनालले संसद विघटन हुनुमा नेकपाका शीर्षस्थ नेताहरू नै जिम्मेवार रहेका बताएका हुन् । `संसद विघटन हुनुमा प्रधानमन्त्री केपी शर्मा ओली मात्र दाेषी नभएर प्रचण्ड र माधव नेपालसहित सबै शीर्षस्थ नेता भागिदार छन् ।´ खनालले बताए ।
काङ्ग्रेस जस्ताे सालिन र भद्र प्रतिपक्ष पाएर पनि दुई तिहाइकाे सरकारले गति लिन नसक्नु पार्टीभित्रकाे स्वार्थ रहेकाे नेता खनालले बताए । उनले भने, `नेकपा पार्टी राष्ट्रिय स्वार्थभन्दा माथि उठेर पार्टी र व्यक्तिगत स्वार्थमा लागेका कारण मुलुक समस्यामा फसेकाे हाे ।´

उनले थपे, `देशलाई स्थिरतातर्फ लैजाने नाराका साथ चुनावमा हाेमिएकाे र सरकारमा पुगेकाे नेकपा आफ्नै नारामा चुकेकाे छ । जनताकाे नाममा आफ्नाे स्वार्थमा लागेकाे कारण आज नेकपा जनताका सामु गलत साबित भएकाे छ।´
भ्रष्टाचार र सुशासनकाे नारा लिएर अगाडि बढेकाे सरकार त्यसैमा आफू चुर्लुम्म डुबेकाे बताउँदै खनालले नेकपाले सुशासनकाे नारालाई आदर्श बनाएकाे तर सुशासनकाे नाममा आप्ना कार्यकर्तालाई भर्तीकेन्द्र बनाएकाे जिकिर गरे ।
अब नेकपाकाे छलछाम धेरै समय नचल्ने बताउँदै नेता खनालले नेकपा आम जनताकाे सामु नाङ्गिसकेकाे बताए । नेता खनालले वर्तमान सरकार इतिहासमै भ्रष्ट सरकार भएकाे बताउँदै नेकपाले जनताका पीडा र मर्मलाई बुझ्न नसकेकाे पनि बताए ।

 

 

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्