खुला भलिबल प्रतियोगिता हुने – Kanika Khabar
Thursday, April 25Nepali News Portal

खुला भलिबल प्रतियोगिता हुने

    मा प्रकाशित

लक्ष्मण बस्नेत
माघ ८ तुलसीपुर दाङ ।
दाङ तुलसीपुरको बालापुरमा जिल्ला कै सर्वाधिक ठूलो पुरस्कार राशीको खुला भलिबल प्रतियोगिता २०७७ हुने भएको छ ।
सक्सेस फुटबल क्लब तुलसिपुर दाङको आयोजनामा तथा तुलसिपुर उपमहानगरपालिका वडा न २ र दङ्गीशरण गाउँ पालिका वडा न ५ को संयुक्त तत्तवधानमा संचालन गरिन लागेको प्रतियोगिता यहि माघ २२ गतेदेखि सुरु हुुनेछ ।
स्थानिय स्तरमा भलिबल खेलको पहुँच अभिवृद्धि गर्दै प्रतिभावान खेलाडी को पहिचान र बिकास मा टेवा पुर्‍याउने उदेश्यका साथ आयोजना गरिएको प्रतियोगितामा झण्डै १८ बढी टिमको सहभागिता रहने प्रतियोगिता संचालन मुल समिती का संयोजक ढुण्डी राज न्यौपाने ले जानकारी दिनु भएको छ ।
बिश्वब्यापी रुपमा फैलिएको कोरोना भाईरस का कारण ठप्प बनेको स्थानिय स्तरको खेल गतिबिधी लाई चलाएमान बनाउन सुरक्षा सम्बन्धित सम्पुर्ण मापदण्ड अपनाउदै तुलसिपुर २ मा अबस्थित मा.बि. बालापुर खेल मैदानमा प्रतियोगिता संचालन गरिनेछ !
प्रतियोगिता को बिजेता,उपबिजेता र तृतीय स्थान हासिल गर्ने टिमले क्रमशः नगद ७५,५० र ३० हजार तथा कप,मेडल तथा प्रमाणपत्र हात पार्ने आयोजक क्लबका अध्यक्ष सुरज ओलि ले जानकारी दिनु भएको छ !
यसैविच आयोजक ले यतिबेला प्रतियोगिताको तयारी लाई तिब्र पारेको छ ! उसले टिम दर्ता,प्रचारप्रसार, आर्थिक ब्यबस्थापन, खेल मैदान निर्माण लगाएत का पक्षमा तिब्रता दिएको बताएको छ !

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्