सवारी चालक अनुमतिपत्रको अनलाइन फाराम भर्ने कोटा प्रणाली हट्ने – Kanika Khabar
Thursday, April 25Nepali News Portal

सवारी चालक अनुमतिपत्रको अनलाइन फाराम भर्ने कोटा प्रणाली हट्ने

    मा प्रकाशित

माघ ९, काठमाडौँ ।
आज शुकबारदेखि सवारी चालक अनुमतिपत्रको अनलाइन फाराम भर्ने कोटा प्रणाली हट्ने भएको छ । अनुमतिपत्र दिनको निश्चित सङ्ख्यामा मात्रै अनलाइन फाराम भर्न पाउने व्यवस्था रहेको हुँदा यातायात व्यवस्था विभागले कोटा प्रणाली हटाएर आवश्यकताअनुसार आवेदन दिन सक्ने व्यवस्था गर्न लागेको हो ।

कोटा प्रणालीले फारम भर्न नसकेको गुनासो आएपछि अनलाइन फाराम दर्ता असीमित गरिएको र प्राप्त आवेदनका आधारमा परीक्षाका लागि पालैपालो बोलाउने यातायात व्यवस्था विभागले जनाएको छ ।

यस्तै अनलाइन फाराम भरिसकेपछि परीक्षासम्बन्धी जानकारीका लागि सञ्चालनमा रहेको एसएमएस सेवा भने प्राविधिक कारण बन्द भएको यातायात व्यवस्था विभागले जनाएको छ । एसएमएस सेवा बन्द रहेको कारण रजिस्ट्रेसन नम्बरसहित तोकिएको समयमा कार्यालयमा सम्पर्क गर्नुपर्ने बिभागले जनाएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्