दुर्घटनामा एकैदिन ४ को मृत्यु, २० जना घाइते – Kanika Khabar
Saturday, April 20Nepali News Portal

दुर्घटनामा एकैदिन ४ को मृत्यु, २० जना घाइते

    मा प्रकाशित

कनिका खबर
माघ ०९, जनकपुरधाम
प्रदेश २ को सप्तरी र सर्लाहीमा भएको सवारीसाधन दुर्घटनामा एकैदिन चार जनाको मृत्यू भएको छ भने २० जना घाईते भएका छन्। केही घाईतेको अवस्था गम्भीर रहेको बताइएको छ । सप्तरीको हुलाकी सडक अन्तर्गत खडक नगरपालिका ११ बनौलीमा मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यू भएको छ । पूर्वतर्फ आउँदै गरको े तीन जना सवार प.२–०१–००१–६१४६ मोटरसाईकल अनियन्त्रित भएर मध्यराति दुर्घटना भएको हो । दुर्घटनामा मोटरसाईकल चालक खडक नगरपालिका ११ बनौलीका २१ वर्षीय शिवेन्द्र साह र बीचमा सवार सोही ठाउँका २५ वर्षीय अरविन्द यादवको मृत्यु भएको सप्तरीका डिएसपी भुवनेश्वर प्रसाद साहले जानकारी दिनुभयो । उहाँका अनुसार मोटरसाईकलमा पछाडी सवार स्थानीय २१ वर्षीय सुनीलकुमार चौधरी घाइते भएका छन् । गम्भीर घाईते चौधरीको राजविराजस्थित छिन्नमस्ता अस्पतालमा उपचार भइरहेको छ । सर्लाहीमा यात्रुबाहक बस पल्टिदा २ जनाको मृत्यु भएको छ भने १९ जना घाइते भएका छन् । पूर्वपश्चिम राजमार्गअन्तर्गत हरिवन नगरपालिका ४ मा ना ५ ख ४४८८ नम्बरको बस अनियन्त्रित भएर पल्टेको छ । दाङबाट काँकडभिट्टातर्फ बस जाँदै गर्दा दुर्घटना भएको सर्लाहीका एसपी सन्तोष सिंह राठोरले जानकारी दिनुभयो । उहाँका अनुसार बसमा ३० यात्रु सवार थिए । जसमध्ये दाङको राप्ती गाउँपालिका ५ का ३६ वर्षीया राजकुमारी चौधरी र सोही ठाउँकी २३ वर्षीया रीता चौधरीको मृत्यु भएको छ । घाईते १९ जनामध्ये बसका चालकसहित ५ जनाको अवस्था गम्भीर छ । घाईते सबैलाई उपचारका लागि वीरगञ्ज लगिएको छ । दुर्घटना आज बिहान करिब ५ बजे भएको एसपी राठोरले जानकारी दिनुभयो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्