डिस्टिलरी सञ्चालकको शव भेटियो, हत्या भएको आशंका – Kanika Khabar
Friday, April 19Nepali News Portal

डिस्टिलरी सञ्चालकको शव भेटियो, हत्या भएको आशंका

    मा प्रकाशित

कनिका खबर
माघ १६, जनकपुर
धनुषाको महेन्द्रनगरमा एक मदिरा उद्योगीको हत्या भएको छ । क्षिरेश्वरनाथ नगरपालिका ७ सखुवा महेन्द्रनगरमा सञ्चालित क्षिरेश्वरनाथ डिस्टिलरी इन्डस्ट्रिजका सञ्चालक ५१ वर्षीय प्रमोद रेग्मीको हिजो साँझ हत्या भएको अवस्थामा शव फेला परेको हो । उहाँको शव उद्योगको क्वाटरमा रक्ताम्य अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरका प्रहरी निरीक्षक दीपककुमार रायले जानकारी दिनुभयो । उहाँको हत्या भएको प्रहरीको आशंका भएपनि पुष्टि भइसकेको छैन । प्रहरीले चार जनालाई शंकास्पद व्यक्तिलाई पक्राउ गरी अनुसन्धान अगाडि बढाएको छ । पक्राउ परेकाहरूकै घटनामा संलग्नता रहेको भनेर पुष्टि हुन सकेका छैन ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्