कोरोनाका कारण विश्वभरि २२ लाख २ हजारको मृत्यु – Kanika Khabar
Thursday, March 28Nepali News Portal

कोरोनाका कारण विश्वभरि २२ लाख २ हजारको मृत्यु

    मा प्रकाशित

एजेन्सी ।
कोरोनाका कारण विश्वभरि २२ लाख २ हजार ८ सय ८९ जनाको मृत्यु भएको छ । विश्वभर नै कोरोनाका कारण १० करोड २१ लाख २८ हजार १सय ३५ जना सङ्क्रमित बनेका छन् ।

कोरोना भए पनि७ करोड ३९ लाख ७८ हजार मानिसहरु भने उपचार पछि निको भएका छन् । अमेरिकामा सबैभन्दा धेरै ४ लाख ४३ हजारको मृत्यु भएको छ भने २ करोड ६३ लाख ३८ हजार मानिस सङ्क्रमित भएका छन् ।

यस्तै भारतमा पनि १ लाख ५४ हजार मानिसहरुको मृत्यु भएको छ भने १ करोड ७ लाख २० हजार मानिस सङ्क्रमित भएका छन् ।

ब्राजिलमा २ लाख २१ हजार मानिसको मृत्यु भएको छ । ब्राजिलमा ९० लाख ६० हजार मानिस सङ्क्रमित भएका छन् ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्