संसदबाट प्रधानमन्त्री ओलीलाई कारबाही : प्रचण्डको भनाइ – Kanika Khabar
Friday, March 29Nepali News Portal

संसदबाट प्रधानमन्त्री ओलीलाई कारबाही : प्रचण्डको भनाइ

    मा प्रकाशित

माघ १७, काठमाडौँ ।
नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अझै संसद् बोलाएर प्रधानमन्त्री केपी शर्मा ओलीलाई कारबाही गर्ने विकल्प अझै बाँकी रहेको बताएका छन् । सुदूरपश्चिमको राजधानी धनगढीमा नेकपाको प्रचण्ड – नेपाल पक्षद्वारा आयोजित विरोधसभामा प्रचण्डले प्रतिनिधिसभा विघटनको मुद्दा सर्वोच्च अदालतमा विचाराधीन नभएको भए संसद् बैठक बोलाएर प्रधानमन्त्री केपी ओलीलाई कारबाही गरिसकिएको हुने बताएका हुन् ।
अध्यक्ष प्रचण्डले सर्वोच्च अदालतले संविधानमा रहेको व्यवस्था र लोकतान्त्रिक मान्यता अनुसार प्रतिनिधिसभा विघटनबारे फैसला गर्नेमा आफू विश्वस्त रहेको पनि बताए । उनले थपे, ‘सर्वोच्च अदालतमा यो मुद्दा हुँदैनथ्यो भने हामी सदन बोलाउँथ्यौं, संसद् बोलाएर केपी ओलीलाई कारबाही गर्ने अधिकार हामीसँग थियो ।’
प्रमुख प्रतिपक्षी काँग्रेस, जनता समाजवादी पार्टी लगायत सबैले प्रतिनिधिसभा विघटनको बिरोध गरिरहेको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले विकल्पको रुपमा सभामुखले संसद् बोलाउने र संसदको दुई तिहाईले ओलीले गरेको राष्ट्रघातका लागि कारबाही गर्ने तागत राख्ने टिप्पणी गरे ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्