कक्षा १२ को परीक्षाको नतिजा आज सार्वजनिक गरिँदै – Kanika Khabar
Friday, April 19Nepali News Portal

कक्षा १२ को परीक्षाको नतिजा आज सार्वजनिक गरिँदै

    मा प्रकाशित

कनिका खबर
माघ १९, काठमाडौं
राष्ट्रिय परीक्षा बोर्डले आज कक्षा १२ को परीक्षा नतिजा सार्वजनिक गर्ने भएको छ । त्यसका लागि आज बिहान १० बजे बोर्डले बोर्ड बैठक बोलाएको छ । बोर्डका अध्यक्ष प्रा.डा.चन्द्रमणि पौडेलले केही समस्या नदेखिए आज नतिजा सार्वजनिक गरिने बताउनुभयो । उहाँले हिजो नतिजाको प्रक्रिया हेरेको र सबै ठिक रहेकाले थप कुनै समस्या नदेखिए नतिजा आजै सार्वजनिक गरिने जानकारी दिनुभयो । बोर्डले यस वर्ष कक्षा १२ मा ४० प्रतिशत पूर्णाङ्कको मात्र परीक्षा लिएको थियो । ४० प्रतिशत मूल्याङ्न कक्षा ११ को नतिजाको आधारमा र २० प्रतिशत आन्तरिक मूल्याङ्न गरिएको छ । परीक्षामा देशभरबाट चार लाख ३३ हजार २ सय परीक्षार्थीले सहभागी हुन आवेदन दिएका थिए । बोर्डले गत पुसमध्यसम्ममा कक्षा १२ को नतिजा सार्वजनिक गर्ने लक्ष्य राखेको थियो । तर, परीक्षा भद्रगोल भएकाले नतिजा सार्वजनिक गर्न ढिलाइ भएको हो । होम सेन्टरमा परीक्षा चलेको र उत्तरपुस्तिकासमेत विद्यालयमै परीक्षण भएर बोर्डमा आएका थिए । ती व्यवस्थित नहुँदा लक्ष्यअनुसार नतिजा सार्वजनिक हुन सकेको थिएन । देशभरका चार हजार एक सय पाँच परीक्षा केन्द्रमा परीक्षा सञ्चालन भएको थियो । कोभिड– १९ का कारण यस वर्षको परीक्षामा पूर्णाङ्क र समय घटाएर राष्ट्रिय परीक्षा बोर्डले परीक्षा सञ्चालन गरेको थियो । कक्षा १२ को परीक्षामा सहभागी हुने सबै विद्यालयमा होमसेन्टर कायम गरिएको थियो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्