कोरोना अपडेट : पछिल्लो २४ घण्टामा थप १५९ जनामा कोरोना पुष्टि – Kanika Khabar
Thursday, April 25Nepali News Portal

कोरोना अपडेट : पछिल्लो २४ घण्टामा थप १५९ जनामा कोरोना पुष्टि

    मा प्रकाशित

माघ १९, दाङ ।
पछिल्लो २४ घण्टामा थप १सय ५९ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा ४ हजार १४५ जनाको परीक्षण गर्दा ६१ जना महिला र ९८ जना पुरुषमा सङ्क्रमण पुष्टि भएको हो । यससँगै कुल सङ्क्रमितको संख्या २ लाख ७१ हजार ११८ पुगेको छ ।

उनीहरुमध्ये २ लाख ६६ हजार ६०० जना सङ्क्रमणमुक्त भएका छन् भने २०२९ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

हाल देशभर २ हजार ४८९ जना संक्रिय सङ्क्रमित छन् । उनीहरुमध्ये ८४२ जनाको होम आइसोलेसनमा छन् भने १२८ जनाको आईसीयू र २२ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्