बेंसीशहर–चामे सकड आजदेखि तीन दिनका लागि बन्द – Kanika Khabar
Sunday, October 18Nepali News Portal

बेंसीशहर–चामे सकड आजदेखि तीन दिनका लागि बन्द

    मा प्रकाशित

कनिका खबर
माघ २०, काठमाडौं
गण्डकी प्रदेशअन्तर्गत पहाडी र हिमाली जिल्ला जोड्ने एक मात्र बेंसीशहर–चामे सकड तीन दिनका लागि बन्द गरिने भएको छ । लमजुङ र मनाङ जोड्ने उक्त सडकको स्तरोन्नति गर्नका लागि आज बिहान १० बजेदेखि बिहीबार राति १० बजेसम्मका लागि पूर्ण रूपमा बन्द गरिने भएको हो । जिल्ला प्रशासन कार्यालयले एक विज्ञप्ति जारी गर्दै उक्त जानकारी गराएको हो । उक्त सडकखण्डअन्तर्गत लमजुङको उत्तरी भेग मस्र्याङ्दी गाउँपालिका–४ स्यागेनिरको सडकमा ढलान कार्य हुने र सो स्थानमा सडक निकै साँघुरो भएकाले सानाठूला सबै प्रकारको सवारीसाधन आवतजावतमा पूर्ण रोक लगाइएको सहायक प्रमुख जिल्ला अधिकारी काजीमान सुनारले बताउनुभयो । डुम्रे–बेंसीशहर–चामे सडक योजना कार्यालयका इन्जिनियर तथा सूचना अधिकारी सुरज महर्जनका अनुसार उक्त स्यागेनिरको एक सय मिटर खण्डमा ढलान (पिसिसी) कार्य गरिने भएको छ । नेपाली सेनाले भिर खोपेर निर्माण सम्पन्न गर्दै उक्त सडक २०६९ मा सडक डिभिजन कार्यालय दमौली तनहुँलाई हस्तान्तरण गरेको थियो ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्