मा प्रकाशित
एजेन्सी ।
पाकिस्तानको दक्षिण पश्च्मि बलोचिस्तान प्रान्तमा हिजो भएको सवारी दुर्घटनामा कम्तीमा १४ जनाको मृत्यु भएको छ ।
प्रहरीका अनुसार उक्त दुर्घटनामा अरु ९ जना गम्भीर घाइते भएका छन् ।
दक्षिणी शहर कराँचीतर्फ गइरहेको यात्रु बाहक बस कमजोर प्रकाशका कारण मुख्य राजमार्गमा दुर्घटनाग्रस्त भएको थियो । घाइतेहरुलाई नजिकको अस्पतालमा भर्ना गरिएको प्रहरीले जनाएको छ ।


