दाङका सञ्चारकर्मी पाँच दिनदेखि बेपत्ता – Kanika Khabar
Friday, October 16Nepali News Portal

दाङका सञ्चारकर्मी पाँच दिनदेखि बेपत्ता

    मा प्रकाशित

 

कनिका खबर
२१ माघ,घोराही ।
दाङमा एक सञ्चारकर्मी पाँच दिनदेखि वेपत्ता भएको परिवारजनले जानकारी दिएको छ । घोराही उपमहानगरपालिका वडा नम्बर ५ भैसापथ्रा घर भएका २३ वर्षीय देवेन्द्र ओली गत माघ १५ गते विहिबार विहानको समयमा हराएका हुन । घोराहीको रेडियो स्वर्गद्धारी एफ.एममा कार्यरत ओली राप्ती शिक्षा क्याम्पस घोराहीमा बि.एड पहिलो बर्षमा अध्ययन गर्दै आएका थिए ।

ओली १५ गते विहिबारका दिन बिहान क्याम्पस पढ्न जान्छु भनी हिडेको र क्याम्पस पोसाक मै हराएको बुवा दोर्ण बहादुर ओलीले जानकारी दिनुभयो । ओली घोराही १४ नयाँबसपार्क स्थित दिदी – भिनाजुको घरमा बस्दै आउनुभएको थियो ।

 

जान सक्ने सम्भावित आफन्तहरुको घरमा समेत नभेटिएपछि खोजीदिनका लागि जिल्ला प्रहरी कार्यालय दाङमा निवेदन दिएपनि नभेटिएकाले कतै देखे वा भेट्टाएमा ९८०९७०९०६० मा सपर्क गरिदिन वा नजिकैको प्रहरी कार्यालयमा जानकारी दिन भिनाजु नरेश खड्काले आग्रह गर्नुभएको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्