मा प्रकाशित
माघ २५, दाङ ।
आजदेखि मौसममा सुधार आउने भएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाले आजदेखि मौसम सफा हुने सम्भावना रहेको जनाएको हो ।
पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव कायमै रहे पनि कम्तीमा ३ दिनसम्म वर्षा र हिमपातको सम्भावना नदेखिएको पनि महाशाखाले जनाएको छ ।
महाशाखाकाअनुसार आजदिउँसो प्रदेश १ को पहाडी भेगमा आंशिक बदली हुनेछ भने देशका बाँकी स्थानमा मौसम सामान्यतया सफा रहनेछ ।


