आजको प्रदर्शनमा ५ लाख मानिस सहभागी भएको प्रचण्डको दावी – Kanika Khabar
Friday, October 16Nepali News Portal

आजको प्रदर्शनमा ५ लाख मानिस सहभागी भएको प्रचण्डको दावी

    मा प्रकाशित

माघ २८, काठमाडौँ ।
नेकपा प्रचण्ड–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विरोध प्रदर्शन कस्तो हुन्छ भन्ने आफ्नो जनसभाबाट थाहा पाउन प्रधानमन्त्री केपी शर्मा ओलीलाई आग्रह गर्नुभएको छ । प्रतिनिधिसभा विघटनको विरोधमा प्रचण्ड–नेपाल समूहले माघ ९ मा गरेको सभा गरेको दिन ओलीले सभा भनेको कस्तो हुन्छ माघ २३ गते देखाउने बताउनुभएको थियो र ओली समूहले काठमाडौंमा शक्ति प्रदर्शन गरेको थियो ।
आज आफ्नो समूहले गरेको सभामा प्रचण्डले फेरि ओलीलाई प्रतिउत्तर दिदै आफूहरुले गरेको प्रदर्शनमा ५ लाख मानिस सहभागी भएको सूचना आएको बताउनुभयो । प्रचण्डले प्रधानमन्त्री ओलीलाई सभा कस्तो हुन्छ ? देख्नुभयो ? भनेर प्रश्न गर्नुभएको थियो । अब सिंहदरबार र बालुवाटार घेर्न लाखौं जनता जम्मा पार्ने चेतावनी पनि उहाँले दिनुभयो । अध्यक्ष प्रचण्डले केपीओली समूहमा रहेका नेताहरु आफूहरुतर्फ आउन लागेको पनि बताउनुभयो ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्