राष्ट्रिय महिला लिग फुटबलमा एपीएफको जित – Kanika Khabar
Friday, October 16Nepali News Portal

राष्ट्रिय महिला लिग फुटबलमा एपीएफको जित

    मा प्रकाशित

माघ २८, काठमाडौँ ।
राष्ट्रिय महिला लिग फुटबलमा शीर्ष स्थानको एपीएफले अपराजित यात्रालाई कायम राखेको छ । सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा आज चन्द्रपुर नगरपालिकालाई ८ – ० गोलले पराजित गर्दै एपीएफको जितको यात्रालाई कायम राखेको हो ।

एपीएफको जितमा स्टार स्ट्राइकर सावित्रा भण्डारीले ह्याट्रिकसहित ६ गोल गर्नुभयो । लिगमा एपीएफको यो आठौं जित हो । जितसंगै एपीएफले ८ खेलमा २४ अंक जोडेको छ ।

यो जितले एपीएफको उपाधि होड समेत बलियो बनेको छ । चन्द्रपुरले ८ खेलमा ६ अंक जोडेको छ । चन्द्रपुर लिगको छैटौं स्थानमा रहेको छ । लिग अन्तर्गत भोलि दुई खेल हुनेछ ।

पहिलो खेलमा चौदण्डी गढीले वालिङको सामना गर्नेछ । त्यस्तै दोस्रो खेलमा आर्मीले विराटनगरसँग प्रतिस्पर्धा गर्नेछ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्