नेपालमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या ४ पुग्यो – Kanika Khabar
Saturday, April 20Nepali News Portal

नेपालमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या ४ पुग्यो

    मा प्रकाशित

कनिका डेस्क

जेठ १२, दाङ ।

नेपालमा कोरोना भाइरसको संक्रमणका कारण मृत्यु हुनेको संख्या ४ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस जानकारीको क्रममा बाराका एक जना व्यक्तिको कोरोनाको कारण मृत्यु भएको प्रवक्ता डा. विकास देवकोटाले बताउनुभयो ।

वीरगञ्जको नेशनल मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएका एक व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको हो । बाराको कलैयाका ७० वर्षीय ती बृद्धमा क्षयरोग, स्वासप्रश्वासमा समस्या भएपछि भेन्टिलेटरमा राखेर उपचार गर्ने क्रममा गत जेठ ४ गते मृत्यु भएको उहाँले बताउनुभयो । करैयामाई गाउँपालिका वडा नम्बर सातका उनको नारायणी अस्पतालमा गरिएको परिक्षण शंकास्पद देखिएपछि थप परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा पठाइएकोमा आज मात्रै उनको रिपोर्टमा कोरोना संक्रमण पुष्टि भएको प्रवक्ता डा. देवकोटाले जानकारी दिनुभयो । मृत्युभएपछि परिवारलाई शव जिम्मा लगाईएको र उनको दाह संस्कारपनि भइसकेको छ ।

प्रवक्ता दवकोटाले मृतक परिवारका सबै सदस्यहरुको जेठ ५ गते नै स्वाब संकलन गरेर राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाइएको र नतिजा आउन बाँकी रहेको पनि जानकारी दिनुभयो । यसअघि सिन्धुपाल्चोकमा एक, बाँकेमा एक, गुल्मीका एक जनाको पनि कोरोना भाइरस संक्रमणका कारण मृत्यु भइसकेको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्