मौसम अपडेट : सुदुरपश्चिम प्रदेश र केही पहाडी भूभागमा बदली र हिमपात – Kanika Khabar
Friday, October 16Nepali News Portal

मौसम अपडेट : सुदुरपश्चिम प्रदेश र केही पहाडी भूभागमा बदली र हिमपात

    मा प्रकाशित

माघ ३०, दाङ ।
जल तथा मौसम पूर्वानुमान महाशाखाले देशको सुदुरपश्चिम प्रदेश र अन्य केही पहाडी भूभागहरुमा आंशिक बदली हुने जनाएको छ ।
देशका अन्य क्षेत्रमा भने मौसम सामान्यतया सफा रहेको छ ।

हाल नेपालमा पश्चिमी वायुको प्रभाव रहेका कारण देशभर आंशिकदेखि सामान्य बदली रही उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।

यसैगरी आज राति पनि देशभर आंशिकदेखि सामान्य बदली रहनुका साथै उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्