अमृत विद्या मन्दिरको खेलकुद सप्ताह सुरु – Kanika Khabar
Thursday, April 18Nepali News Portal

अमृत विद्या मन्दिरको खेलकुद सप्ताह सुरु

    मा प्रकाशित

लक्षमण बस्नेत 

फागुन १, दाङ।

अमृत बिद्या मन्दिर स्कुल शान्तिनगरले आफ्नो साता ब्यापी खेलकुद कार्यक्रम सुरु गरेको छ ।
बिधालयमा अध्ययनरत छात्र/छात्रा भित्र लुकेर रहेका अन्तरनिहित खेल प्रतिभालाई उजागर गर्न आयोजित खेल सप्ताहको उद्घाटन शन्तिनगर ३ का वडा अध्यक्ष बुद्धिराम तिवारीले गर्नुभएको हो ।
बालबालिकाको सर्बाङ्गिण बिकासको आधार स्तम्भ मानिने मानव जिवनको अभिन्न अंग खेलकुद क्षेत्रलाई समेटर लैजाने भावी योजना सहित आयोजना गरिएको खेलकुद सप्ताहमा एथलेटिक्स तर्फका ट्रयाक तथा फिल्ड, छात्र भलिबल छात्रा भलिबल, कबड्डी ज्याभलीन थ्रो , सटपुट लगाएतका सिनियर तथा जुनियर तर्फका खेलहरु हुनेछ्न ।
कार्यक्रम बिधालयका संचालक बलबहादुर के सी को अध्यक्षतामा भएको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथिले स्वास्थ्य र समृद्धिसंग जोडिएको खेलकुद क्षेत्र मानव जीवनको अभिन्न अंग भएको बताउनुभयो ।
`खेलाडी उत्पादन थलो बिधालय क्षेत्र हो तपाईहरु खेलकुद क्षेत्रमा लगानी बढाउनुहोस यसले बालबालिकाको सर्वाङिन बिकासको आधार स्तम्भ निर्धारण गर्छ ।´उहाँले भन्नूभयो । साथै उहाले वडा तथा गाउँ पालिकाबाट सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो ।
बिधालयका भाइस  प्रिन्सिपल पवन कडेलको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा बिधालय प्रिन्सिपल सन्दीप भुसाल ले बिधालयको भावी नीति तथा कार्ययोजना प्रस्तुत गर्नुभएको थियो ।कार्यक्रमको संचालन बिधालयका शिक्षक निम बहादुर के सी ले गर्नु भएको थियो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्