भाइरस कोभिड १९ का कारण आज विश्वभर ३ हजार ६० जनाको मृत्यु – Kanika Khabar
Friday, October 16Nepali News Portal

भाइरस कोभिड १९ का कारण आज विश्वभर ३ हजार ६० जनाको मृत्यु

    मा प्रकाशित

एजेन्सी ।
आज विश्वभरि नै कोरोना भाइरस कोभिड १९ का कारण ३ हजार ६० जनाको मृत्यु भएको छ । आज विश्वभरि नै ८१ हजार २ सय ८४ जना कोरोनाका नयाँ सङ्क्रमित थपिएका छन् ।

हालसम्म विश्वभर कोरोनाका कारण मृत्यु हुनेको सङ्ख्या २४ लाख नजिक पुगेको छ । विश्वभर अहिले सम्म २३ लाख ९५ हजार ७ सय ६१ जनाको मृत्यु भएको हो । हालसम्म अमेरिकामा सबैभन्दा धेरै ४ लाख ९२ हजार ५ सय २१ जनाको मृत्यु भएको छ भने २ करोड ८१ लख ६ हजार ७ सय ४ जना सङ्क्रमित भएका छन् ।

यस्तै भारतमा हाल सम्म १ लाख ५५ हजार ५ सय ८८ जनाको मृत्यु भएको छ भने १ करोड ८९ लाख २ हजार मानिस सङ्क्रमित भएका छन् । यस्तै ब्राजिलमा २ लाख ३७ हजार ६ सयको मृत्यु भएको छ भने ९७ लाख ६५ हजार मानिस सङ्क्रमित भएका छन् ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्