राष्ट्रिय महिला लिग फुटबलमा आज दुई खेलहरु हुँदै – Kanika Khabar
Friday, April 19Nepali News Portal

राष्ट्रिय महिला लिग फुटबलमा आज दुई खेलहरु हुँदै

    मा प्रकाशित

फागुन ३, काठमाडौँ ।
राष्ट्रिय महिला लिग फुटबलमा आज दुई खेलहरु हुँदैछन् । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुने पहिलो खेलमा एपीएफ क्लब र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

विभागीय डर्बी खेल अपरान्ह १२ बजेबाट सुरु हुनेछ ।पुलिसविरुद्ध मैदान उत्रदा एपीएफ सहज जित निकाल्ने योजनामा हुनेछ ।एपीएफ पुलिसलाई हरयेर उपाधि होड बलियो बनाउन चाहन्छ ।जारी लिगमा एपीएफ अपराजित रहने एक्लो टिम हो ।एपीएफले ९ खेलमा २७ अङ्क जोडेको छ ।पुलिस उपाधि होडबाट बाहिरिसकेको छ ।

तर, पुलिस एपीएफको अपराजित यात्रालाई पूर्णविराम लगाउने योजनामा रहेको छ ।पुलिसले ९ खेलमा १४ अङ्क जोडेको छ । पुलिस लिगको चौंथो स्थानमा रहेको छ । यस्तै आजै हुनेअर्को खेलमा वालिङ नगरपालिका र विराटनगर महानगरपालिकाबीच प्रतिस्पर्धा हुनेछ ।दुबै टिम जित निकाल्ने लक्ष्यमा हुनेछन् ।वालिङ ९ खेलमा १४ अङ्क जोडेर तेस्रो स्थानमा रहेको छ ।विराटनगर १० खेलमा १३ अङ्क जोडेर पाँचौं स्थानमा रहेको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्