दक्षिण अफ्रीकाविरुद्धको तीन खेलको टी–ट्वान्टी सिरिज पाकिस्तानलाई – Kanika Khabar
Tuesday, April 23Nepali News Portal

दक्षिण अफ्रीकाविरुद्धको तीन खेलको टी–ट्वान्टी सिरिज पाकिस्तानलाई

    मा प्रकाशित

एजेन्सी ।
घरेलु टिम पाकिस्तानले दक्षिण अफ्रीकाविरुद्धको तीन खेलको टी–ट्वान्टी सिरिज जितेको छ ।लाहोरमा गयराति सम्पन्न भएको तेस्रो तथा अन्तिम खेलमा दक्षिण अफ्रीकालाई ४ विकेटले पराजित गर्दै पाकिस्तानले सिरिज २–१ ले जितेको हो ।

दक्षिण अफ्रीकाले दिएको १सय ६५ रनको लक्ष्य पाकिस्तानले १८ ओभर ४ बलमा ६ विकेट गुमाएर पुरा ग¥यो ।पाकिस्तानको जितमा कप्तान बाबर आजमले सर्वाधिक ४४ रन बनाउनुभयो ।

दक्षिण अफ्रीकाका ताम्ब्रेज साम्सीले ४ विकेट लिनुभयो ।यसअघि पहिले ब्याटिङ गरेको दक्षिण अफ्रीकाले २० ओभरमा ८ विकेट गुमाएर १ सय ६४ रन बनाएको थियो ।दक्षिण अफ्रीकाका लागि डेभिड मिलरले अविजित ८५ रन बनाए ।

यस्तै जानिमन मालनले २७ रन जोड्दा पिटी भान बिल्जोनले १६ रन बनाउनुभयो ।सिरिज अन्तर्गत पहिलो खेलमा पाकिस्तानले ३ विकेटको जित निकालेको थियो ।दोस्रो खेल भने दक्षिण अफ्रीका ६ विकेटले विजयी भएको थियो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्