पीएसजीसँग बार्सिलोनाको लज्जास्पद हार – Kanika Khabar
Thursday, April 25Nepali News Portal

पीएसजीसँग बार्सिलोनाको लज्जास्पद हार

    मा प्रकाशित

एजेन्सी – यूईएफ च्याम्पियन्स लिग फुटबलमा पीएसजीले बार्सिलोनाविरूद्ध शानदार जित हात पारेको छ ।

अन्तिम १६ चरणको पहिलो लेगमा पीएसजीले बार्सिलोनाको घरेलु मैदानमै ४-१ को जित निकालेको हो ।

पीएसजीको जितमा केलियन एम्बाप्पे नायक बने । उनको ह्याट्रिकमा बार्सिलोना निरिह सावित भयो ।

खेलको सुरुवातमै बार्सिलोनाले कप्तान लिओनेल मेस्सीको पेनाल्टीमा गोल गर्दै अग्रता लिए पनि घरेलु दर्शकलाई बार्सिलोनाले निराश पार्‍यो ।

एमबाप्पेले दोस्रो हाफमा ह्याट्रिक पूरा गरेका थिए भने मोइस किनले अर्को गोल थपे । यी दुई टिमको दोस्रो लेगको खेल १० मार्चमा पेरिसमा हुनेछ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्