खडग शर्मा
दाङ,५ फागुन ।
श्री शुकदेब रेवता योगी सम्मान सेवा गुठीद्धारा २ जनालाइ सम्मान तथा पुरस्कृत गरिएको छ । गुठीद्धारा हिन्दु विद्यापीठ नेपालमा कक्षा १० मा अध्ययनरत छात्रा र जय शेर माध्यामिक विद्यालय रावतगाउँमा अध्ययनरत छात्रलाई सम्मान गरिएको हो ।
श्री रेवता योगी उत्कृट छात्रा पुरस्कारबाट हिन्दु विद्यापीठ नेपाल घोराहीमा कक्षा १० मा अध्ययनरत छात्रा लक्ष्मी विसीलाई विद्यालयको २९ औँ वार्षिकउत्सवको अबसरमा सम्मान तथा पुरस्कृत गरिएको हो ।
त्यसैगरी शुकदेबनाथ उत्कृष्ट छात्र पुरस्कारबाट जयशेर माध्यामिक विद्यालय राउतगाउँमा कक्षा १० मा अध्ययनरत छात्र मनोज बुढाथोकीलाई सम्मान गरिएको हो । दुबै छात्र–छात्रालई नगद पाँच हजार एक रुपैयासहित प्रमाण पत्रले सम्मान गरिएको थियो ।
घोराही उपमहानगरपालिका– ७ पर्सा निवासी योगी परिवारले शुकदेब रेवता योगीको सम्मानमा यो पुरस्कार स्थापना गरेको हो । प्रत्येक वर्ष यो पुरस्कार जयशेर माविका उत्कृष्ठ तथा जेहेन्दार छात्र र हिन्दु विद्यापीठ नेपालका उत्कृष्ट तथा जेहेन्दार छात्रालाइ प्रदान गरिन्छ । पुरस्कार वितरण कार्यक्रममा हिन्दु विद्यापीठ नेपालका प्राचार्य भोलानाथ योगीले बालबालिकाको हौसला बढाउन सानो पुरस्कार पनि निकै महत्वपूर्ण हुने बताएका थिए ।
बुबा आमाको सम्मान पनि हुने र बालबालिहरुलाइ पुरस्कारले पढाइ तथा चरित्र निर्माणमा समेत हौसला बढाउने हुँदा भाइ चिन्तामणी योगीको सल्लाह अनुसार शुकदेब रेवता योगी सम्मान सेवा गुठी स्थापना गरिएको उनले जानकारी दिए ।
विद्यालयको २९ औँ वार्षिकाेत्सव अबसरमा भएको कार्यक्रममा बिद्यालयका सहप्राचार्य मधुसुद पन्त, शिक्षकहरु पिताम्वर रिजाल, खडग शर्मा, सागर दाहाल, भानुभक्त बस्नेत, रुद्रनरायण गुप्ता , पुष्पा रावत, शोभा पेख्रेल, निमा विसी, कमला पन्त, तिला गिरी, रुपलाल गिरीलगायतले आफ्नो भनाइ राखेका थिए ।