विशेष शिक्षा प्रणालीकाे माध्यमबाट विद्यार्थीलाई गुणस्तरीय शिक्षा प्रदान गर्न आवश्यक – Kanika Khabar
Friday, March 29Nepali News Portal

विशेष शिक्षा प्रणालीकाे माध्यमबाट विद्यार्थीलाई गुणस्तरीय शिक्षा प्रदान गर्न आवश्यक

    मा प्रकाशित

शिवु खनाल
घाेराही, ८ फागुन
प्रतिनिधि सभा सदस्य मेटमणी चाैधरीले मुलुक परिवर्तनको लागि शिक्षा क्षेत्रमा लगानी गर्न आवश्यक रहेको बताउनुभयो । शनिबार धर्ना स्थित महेन्द्र माध्यमिक विद्यालयकाे ७० अाैँ वार्षिकोत्सब तथा आइटी ल्याव उद्घाटन कार्यक्रममा बाेल्दै सदस्य चाैधरीले समृद्ध मुलक निर्माणकाे निम्ति शिक्षा क्षेत्रमा अहम् लगानी गर्ने आवश्यक रहेको बताउनुहुदैँ, एउटा विशेष शिक्षा प्रणालीकाे माध्यमबाट विद्यार्थीलाई गुणस्तरीय शिक्षा प्रदान गर्न आवश्यक रहेको बताउनुभयाे ।
उहाँले भन्नुभयो,-। `शिक्षा सबैका लागि अनिवार्य छ । समृद्धिकाे यात्रा शिक्षाले नै तय गर्छ । शिक्षा क्षेत्रबाट काेहि बञ्चित हुनुहुँदैन ।´

महेन्द्र माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जितबहादुर केसीको अध्यक्षता एवम् प्रतिनिधिसभा सदस्य मेटमणी चाैधरीकाे प्रमुख अतिथिमा वार्षिकोत्सब तथा आइटी ल्याव उद्घाटन कार्यक्रममा विद्यार्थी विश्वास अधिकारी, विद्यालय सल्लाहकार भुमबहादुर गिरि, विद्यालय व्यवस्थापन समितिका सदस्य गाेपाल नेपाली, अक्षयकाेष दाता बामदेव सुवेदी, दलबहादुर बस्नेत, गुरूप्रसाद केसी लगायतका वक्ताले मन्तब्य राख्नुभएको थियोे ।

कार्यक्रममा विद्यालयका प्रधानध्यापक ऋषिराज अधिकारीले वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियोे ।

विद्यालयका शिक्षक मंगलप्रसाद थापाकाे स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रमकाे सहजिकरण मधुसूदन अधिकारी र सीता दर्लामीले संयुक्तरूपमा गर्नुभएको थियोे । विद्यालयकाे वार्षिकोत्सब तथा आइटी ल्याव उद्घाटन कार्यक्रममा विभिन्न छात्रछात्राहरूलाई पुरस्कार वितरण गरिएको थियोे ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्