गजल :बाहिर हेर्दा डियर जिन्दगी….. – Kanika Khabar
Saturday, April 20Nepali News Portal

गजल :बाहिर हेर्दा डियर जिन्दगी…..

    मा प्रकाशित

सपना बाेहरा

बाहिर हेर्दा डियर जिन्दगी आहै आहा छ
भित्रै भित्र के बितिराछ, कसलाई थाहा छ ?

अबोध अनुहारमा फिका हाँसो, डाहै डाहा छ
खुशी छ कि आँसुमा छ जिन्दगी, कसलनई थाहा छ ?

हमेसा साथमा तिम्रै हुन्छु, भन्ने आज कहाँ छ ?
हजारौ भीडमा एक्लो छु, भन्ने कसलाई थाहा छ ?

खुशी हुने हजार बाहना हुँदा ,खोइ त्यो उत्साह कहाँ छ ?
बाहिर हेर्दा डियर जिन्दगी आहै आहा छ ।

हरेक चुनौतीसँँसा मना गर्ने त्यो आँट कहाँ छ ?

भित्र भित्रै के बितिराछ, कसलाई थाहा छ ?

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्