कनिका खबर
फागुन ९, दाङ ।
यतिबेला पूर्व राजा ज्ञानेन्द्र शाह र रानी काेमल शाहकाे युगल नृत्य सामाजिक सञ्जालमा भाइरल बनेकाे छ ।
पूर्व रानी काेमलकाे ७० औँ जन्मदिनकाे अवसरमा राजपरिवारका सदस्यहरूले शुक्रवार पूर्वरानी कोमलको जन्मदिन मनाएका हुन् । जन्मदिनकाे अवसरमा प्रस्तुत गरिएकाे पूर्व राजारानीकाे नृत्य अहिले पनि चर्चामा रहेकाे छ ।
हिमानी शाहको फ्यान पेजबाट अपलोड गरिएको एक भिडियोमा जन्मदिन मनाउँदै गर्दा पूर्वराजारानी नाचेका थिए । उक्त भिडियोलाई सामाजिक सञ्जाल प्रयोगकर्ताले रुचाएका छन् ।
जन्मदिनको अवसरमा पूर्वयुवराज पारस शाह पनि झापा पुगेका थिए । साथै झापामा पूर्वराजा र पूर्वयुवराज्ञी हिमानीसहित सम्पूर्ण परिवार उपस्थित थिए ।
जन्मोत्सवको अवसरमा शाह परिवारले झापाको धुलाबारीस्थित मेची क्राउन होटल एक हप्ताका लागि बुक गरेको थियो ।
यस्तो छ नृत्य :
♥️🎉♥️ pic.twitter.com/OhsVtLKMwB
— Himani shah/हिमानी शाह🇳🇵 (@HimaniFanclub) February 20, 2021