कोरोना सङ्क्रमणको संख्या ७ सय ७२ पुग्यो , निको हुनेको सङ्ख्या १ सय ५५ – Kanika Khabar
Thursday, April 25Nepali News Portal

कोरोना सङ्क्रमणको संख्या ७ सय ७२ पुग्यो , निको हुनेको सङ्ख्या १ सय ५५

    मा प्रकाशित

कनिका डेस्क
जेठ १३, दाङ ।
नेपालमा एकैदिन ९० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित्र प्रेस जानकारीको क्रममा नेपालमा हालसम्मकै धेरै ९० जना व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको जनाएको छ । यसअघि ८३ जनामा एकैपटक कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो । मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाले विभिन्न प्रयोगशालामा गरिएको नमूना परीक्षणमा ९० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको बताए ।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ७ सय ७२ पुगेको छ । अहिलेसम्म कोरोनाका कारण ४ जना कोरोना संक्रमितको मृत्यु भइसकेको छ । यस्तै नेपालमा कोरोना संक्रमित भएकामध्ये १ सय ५५ जना स्वस्थ भएका छन् । डा.देवकोटाले नेपालका विभिन्न अस्पतालमा गरी हालसम्मकै धेरै ५ सय ८२ जना आइसोलेसनमा रहेको बताए । यस्तै नेपालमा हालसम्म पिसिआर विधिबाट ५४ हजार ४ सय २४ नमूना परीक्षण गरिएको छ भने ५७ हजार ९ सय ६७ दू्रत परीक्षण गरिएको पनि उनले बताए ।
पछिल्लो अद्यावधिक अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालमा गरिएको परीक्षणमा प्रदेश २ का ३५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको उनले जानकारी दिए । संक्रमितहरु महोत्तरीका २ जना पुरुष, जुम्ला स्थायी ठेगाना भएका हाल बारामा बस्ने २ जना, बारा पचरौताका ३ जना पुरुष, रौतहटका २२ जना पुरुष, सिरहाका ५ जना पुरुष, धनुषाका एक जना पुरुषहरु रहेका छन् । यस्तै भेरी अस्पतालमा गरिएको परीक्षणमा ८ जना, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा २ जना, रुपन्देही प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा ७ जना, सुर्खेत प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा १२ जना, सेती प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा २ जना, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा कपिलवस्तु जिल्लाकै मात्रै २४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्