नेपाल सुपर लिग प्रतियोगिता बैशाख दोस्रो हप्ताबाट सुरु हुने – Kanika Khabar
Wednesday, April 24Nepali News Portal

नेपाल सुपर लिग प्रतियोगिता बैशाख दोस्रो हप्ताबाट सुरु हुने

    मा प्रकाशित

फागुन १०, काठमाडौँ ।
नेपालको पहिलो फ्रेन्चाईज फुटबल लिग नेपाल सुपर लिग एनएसएल प्रतियोगिता बैशाख दोस्रो हप्ताबाट सुरु हुने भएको छ ।
आयोजक नेपाल स्पोट्र्स एण्ड इभेन्ट्स म्यानेजमेन्टले आज पत्रकार सम्मेलन गर्दै नेपाल सुपर लिग बैशाख ११ गतेबाट सुरु हुने जनाएको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आयोजना हुने प्रतियोगिता बैशाख २५ गतेसम्म सञ्चालन हुनेछ । अखिल नेपाल फुटबल संघ एन्फाको प्राविधिक सहयोगमा हुने लिगमा ७ प्रदेशबाट प्रतिनिधित्व गर्ने गरी विभिन्न सहरबाट ७ टिमको सहभगिता रहने छ । राउण्ड रोबिन लिगको आधारमा हुने प्रतियोगितामा कुल १९ खेल हुने छन् ।
कार्यक्रममा एन्फाका अध्यक्ष कर्मा छिरिङ शेर्पाले लिग आयोजनाका लागि वार्षिक क्यालेन्डरमा २ महिनाको समय दिईएको बताउनुभयो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्