तीन दिनपछि आगो नियन्त्रणमा – Kanika Khabar
Friday, April 19Nepali News Portal

तीन दिनपछि आगो नियन्त्रणमा

    मा प्रकाशित

फागुन ११, लमजुङ ।

यहाँको एक जङ्गलमा आगलागी (डढेलो) भएको तीन दिनमा बल्ल नियन्त्रणमा आएको छ । गत शनिबार दिउँसोबाट आगलागी भएको लमजुङको बेँसीशहर नगरपालिका–६ रहेको शान्ति, सुलीकोट र भोटेचौर सामुदायिक वनको जङ्गलको लागेको आगो साेमबार  बल्ल नियन्त्रण आएको हो ।

शनिबारबाट शुरु भएको आगलागीले यस नगरको वडा नं ६ यस जङ्गलमा ठूलो आगलागी भएको थियो । जङ्गलमा अचानक लागेको आगलागीको तेस्रो दिन आज नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयवासीको पहलमा आगो नियन्त्रणमा लिइएको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले बताए । उनका अनुसार ३० हेक्टर क्षेत्रफलमा आगलागी भएको छ । नगरपालिकाको दमकल, सुरक्षा निकायले अग्नि नियन्त्रण सामग्रीको माध्यमबाट आगो नियन्त्रणमा लिन सफल भएको प्रजिअ शर्माको भनाइ छ ।
आगलागीबाट जङ्गली जनावर, चराचुरुङ्गी तथा जमीनमा घिस्रिएर हिँड्ने प्राणीको बासस्थान सखाप भएको छ । जङ्गलमा कसले लगाएको आगो भनेर पत्ता लागिसकेको छैन । यस जङ्गलमा गत वर्ष पनि आगलागी भएको थियो । रासस
"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्