सर्वाेच्चको फैसलाले संवैधानिक समस्यालाई निकास दिएको छ : सर्वाेच्च बार – Kanika Khabar
Friday, March 29Nepali News Portal

सर्वाेच्चको फैसलाले संवैधानिक समस्यालाई निकास दिएको छ : सर्वाेच्च बार

    मा प्रकाशित

फागुन १३, काठमाडौं ।

सर्वाेच्च अदालत बार एशोसिएशनले सर्वाेच्च अदालतबाट प्रतिनिधिसभा पुनःस्थापना गर्ने गरी भएको फैसलाले मुलुकको संवैधानिक समस्यालाई समयमै निकास दिएको जनाएको छ ।

सर्वाेच्च बारका सचिव ऋषिराम घिमिरेले बुधबार विज्ञप्तिमार्फत सर्वाेच्चको आदेशले विधिको शासन, संविधानवाद, संवैधानिक सर्वाेच्चता कायम गर्दै न्यायालय सक्षम, स्वतन्त्र, निर्भिक र निष्पक्ष रहेको तथ्य स्थापित भएको उल्लेख गरेका छन् ।

उक्त आदेशले विधिको शासन र संवैधानिक सर्वाेच्चतालाई स्थापित गरेको सर्वाेच्च बारको निष्कर्ष छ । सर्वाेच्चबाट भविष्यमा पनि संवैधानिक सर्वाेच्चता, विधिको शासन र मौलिक हक सम्बन्धमा सार्वभौम जनताले संविधानमार्फत स्थापित गरेको मूल्यमान्यतालाई अझ बढी संरक्षण र स्थापित हुनेछ भन्ने सर्वाेच्च बारको विश्वास छ । रासस

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्