सञ्चारकर्मी देवेन्द्र ओलीको खोजीका लागि नेपाल प्रेस युननियनले गरायाे ध्यानाकर्षण – Kanika Khabar
Saturday, April 20Nepali News Portal

सञ्चारकर्मी देवेन्द्र ओलीको खोजीका लागि नेपाल प्रेस युननियनले गरायाे ध्यानाकर्षण

    मा प्रकाशित

फागुन १३, दाङ ।
विगत एक महिनादेखि बेपत्ता दाङका सञ्चारकर्मी देवेन्द्र ओलीको खोजीका लागि नेपाल प्रेस युननियनले जिल्ला प्रहरी कार्यालयको ध्यानाकर्षण गराएको छ ।

नेपाल प्रेस युनियनले जिल्ला प्रहरी प्रमुख एसपी गणेश चन्दलाई भेटेर ओली बेपत्ता भएको लामो समय बितिसक्दा पनि फेला नपरेको भन्दै खोजी कार्यलाई प्रभावकारी बनाउन आग्रह गरेको थियो ।

युनियन दाङका सल्लाहकार सुदीप गौतमले ओली बेपत्ता भएको घटना बारे जानकारी गराउँदै खोजी कार्यलाई चुस्त बनाउन आग्रह गरेका थिए ।

एसपी चन्दले प्रहरीले ओलीको खोजीका लागि चार सदस्यीय समितिनै गठन गरेको बताए । उनका अनुसार जिल्ला प्रहरी कार्यालयले डिएसपीको नेतृत्वमा चार सदस्यीय समिति गठन गरेर खोजी कार्य जारी राखिएको छ । तर अहिले सम्म प्रहरीले ओलीका बारेमा कुनै प्रमाण फेला पार्न नसकेको एसपी चन्दले बताए ।

रेडियो स्वर्गद्धारी एफएममा कार्यरत देवेन्द्र १५ माघदेखि बेपत्ता छन् । उनी आफू अध्ययनरत राप्ती शिक्षा क्याम्पसदेखि  बेपत्ता भएका हुन् ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्