लकडाउनमा बढ्यो तस्करी – Kanika Khabar
Thursday, April 25Nepali News Portal

लकडाउनमा बढ्यो तस्करी

    मा प्रकाशित

कनिका संवाददाता
दाङ,१० बैशाख
कोरोना सङ्क्रमणको खतरा रोक्नका लागि सरकारले गरेको लकडाउनको फाईदा तस्करहरुले लिईरहेका छन् । यो अवधिमा जिल्लाको जनजीवन ठप्प बनिरहेका बेला नदी तथा खोलाजन्य पदार्थ र काठ तस्कर एवं चोरी सिकारीमा संलग्न गिरोहलाई भने फाईदा पुगेको छ ।

चार सिकारी समातिए
मंगलवार दाङमा चारजना सिकारी पक्राउ परे । डिभिजन वन कार्यालय दाङको गस्ती टोलीले पश्चिम दाङबाट ४ जना सिकारीलाई हतियार सहित पक्राउ गरेको हो । शान्तिनगर गाउँपालिका वडा नं ५ स्थित हात्तीखाल सामुदायिक वन क्षेत्रमा भरुवा बन्दुकसहित उनीहरु समातिए । पक्राउ पर्नेमा शान्तिनगर गाउँपालिका वडा नं ५ का मधु शाह, गंगाराम चौधरी, शुकराम चौधरी र रामबहादुर चौधरी रहेका छन् । वन्यजन्तु सिकारी गर्नका लागि १५ जनाको टोली वन क्षेत्रमा प्रवेश गरेको सुकारी पाएपछि डिभिजन वन कार्यालय दाङबाट गएको टोलीले वनमा खोजी गर्दै जादा वन्यजन्तु मार्नका लागि तयारी अवस्थामा बसेका चार जनालाई पक्राउ गरेको डिभिजनले अधिकृत ज्ञवालीले जानकारी दिनुभयो ।

‘लकडाउनका कारण नियमनकारी निकायको ध्यान पुग्दैन भनेर तस्कहरुले यसको मौका छोपेका हुन्,’ गढवा गाउँपालिकाका अध्यक्ष सहजराम यादवले भने ‘सर्वसाधारणहरुलाई लकडाउनले समस्या पारिरहेका बेला तस्करहरुले भने फाईदा लुट्ने अवसर जस्तै बनेको छ ।

लकडाउन ः राप्तीमा आँखा
यस्तै लकडाउनको मौका छोपी जिल्लाको राप्ती नदीमा खुलेआम उत्खनन् भयो भने पश्चिम दाङमा थुप्रै रुखहरु काटिएका छन् । लकडाउनका कारण हरेक चिज ठप्प रहेका कारण सम्बन्धित निकायको ध्यान नपुग्ने भन्दै तस्करहरुले यो अवधिमा ग्रामीण भेकमा नदीजन्य पदार्थ तथा मनपरी काठ तस्करी गर्ने गरेका छन् । ‘लकडाउनका कारण नियमनकारी निकायको ध्यान पुग्दैन भनेर तस्कहरुले यसको मौका छोपेका हुन्,’ गढवा गाउँपालिकाका अध्यक्ष सहजराम यादवले भने ‘सर्वसाधारणहरुलाई लकडाउनले समस्या पारिरहेका बेला तस्करहरुले भने फाईदा लुट्ने अवसर जस्तै बनेको छ ।

लमही नगरपालिका र गढवा गाउँपालिकाको सीमा साँधमा पर्ने राप्ती नदीमा लकडाउन भए यता धमाधम नदी उत्खनन् सुरु भयो । नदी छेवैमा रहेको एक क्रसर उद्योगले गरेको त्यो उत्खनन्बारे जानकारी पाएपछि गढवा गाउँपालिकाले अनुगमन ग¥यो । उक्त उत्खनन्मा संलग्नहरुले लमही नगरपालिकाबाट ईजाजत लिएर उत्खनन् गरेको रसिद (प्रमाण) देखाए । तर गढवा गाउँपालिकाले भने उक्त क्षेत्र आफ्नो गाउँपालिकाको रहेको भन्दै उत्खनन् नगर्न भन्यो । ‘त्यो क्षेत्रमा गत वर्ष हामीहरुले ठेक्का लगाएका थियौँ, अहिले लमही नगरपालिकाले कसरी त्यो ठाउँमा ठेक्का दियो ?’ गाउँपालिका अध्यक्ष यादवले भने ‘हाम्रो क्षेत्र पर्ने भएकाले उक्त उत्खनन्को मुचुल्का उठाएर उत्खनन् बन्द ग¥यौँ ।’ उनका अनुसार लमहीले त्यहाँ स्थित एक सडक निर्माणका लागि भन्दै उत्खनन् ठेक्का दिएको थियो । तर उत्खनन्कर्ताहरुले भने गढवाकै क्षेत्रमा पुगेर तस्करी गरेको गाउँपालिका अध्यक्ष यादवको दाबी छ । ‘लमहीले आफ्नो क्षेत्रमा उत्खनन् गर्ने गरी ठेक्का दिएको होला,’उनले भने ‘तर उनीहरु त हाम्रो क्षेत्रमा आएर तस्करी गर्न थालेका रहेछन्, हामीहरुले यो काम तत्काल बन्द गरायौँ ।’ यो बाहेक विगतमा जस्तै दिउँसोको समयमा पनि खुलेआम चल्दै आएको मनपरि उत्खनन्मा लकडाउनको प्रभाव परेको त छ । तर रातिमा हुने चोरी निकासी भने यथावतै छ । ‘रातिको समयमा चोरी निकासी भैरहेको होला,’ उनले भने ‘तर दिउँसोको समयमा चल्दै आएको खुलेआम उत्खनन्मा भने अहिले केही कमी देखिएको छ ।’

बग्रेल्ती काठ तस्कर
लकडाउनमा काठ तस्करीको अवस्था झनै भयावह बन्दै गईरहेको छ । पश्चिम दाङको दंगीशरण गाउँपालिकाको एक सामुदायिक बनमा लकडाउनको मौका छोपी तस्करहरुले ५५ वटा सालका रुख काटेका छन् । यो गाउँपालिकाको सिमठाना भन्ने स्थानमा रहेको सिमठाना सामुदायिक वनमा ५५ वटा रुख कटान गरी तस्करी गर्ने तयारी भइरहेका बेला वन कार्यालयको टोलीले काठ बरामद गरेको छ । काठसहित तस्करीमा संलग्न दुईजनालाई रंगे हात नियन्त्रणमा लिईएको छ । जिल्ला वन अधिकृत दीपक ज्ञवालीका अनुसार लकडाउनको मौका छोपी ग्रामीण क्षेत्रमा काठ तस्करी बढेको छ । ‘लकडाउनका कारण सबै नागरिकहरु घरभित्रै छन्, हरेक गतविधि शून्य अवस्थामा छन्,’ ज्ञवालीले भने ‘यसको मौका तस्कहरुले छोपिरहेका छन्, अलकडाउनको अवधिमा अहिले थुप्रै स्थानमा काठ कटान गरेको जानकारी आईरहेको छ ।’ जिल्ला वन डिभिजन कार्यालयका अनुसार तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १८ को कात्तिक रानी सामुदायिक वन क्षेत्रमा दुईवटा सालको १६ थान गोलिया निकासी गर्ने क्रममा ट्याक्टरसहित ट्याक्टर मालिकलाई नियन्त्रणमा लिईएको छ । यसैगरी घोराही उपमहानगरपालिका वडा नम्बर १२ ज्यामिरे खोदास्थित भालु चिप्ला समुदायिक वन क्षेत्रमा चिरान भइरहेको अवस्थामा सालको १ सय १२ घनफिट गोलिया काठ बरामद गरिएको छ । यो कार्यमा संलग्न पूर्णवहादुर रेउलेलाई वन कार्यालयले नियन्त्रणमा लिएको छ । यसैगरी घोराही उपमहानगरपालिका वडा नम्बर १ सिरु खर्क क्षेत्रमा चार थान गोलिया काठ तस्करी गर्ने क्रममा तस्करीमा संलग्न शोभाराम महरा सहित काठ नियन्त्रणमा लिईएको छ । यसैगरी तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १३ फूलवारीबाट काठदाउरा ओसार पसार गरिरहेको अवस्थामा ट्याक्टरसहित चालक गोपाल चौधरीलाई नियन्त्रणमा लिईएको छ । यो काठदाउरा नेपाली सेनासँगको समन्वयमा निकासी भैरहेको पनि वन कार्यालयले जनाएको छ ।

लकडाउनमा काठ तस्करी मात्रै हैन, वन क्षेत्र अतिक्रमणकारीहरु समेत सक्रिय बन्न थालेका छन् । जिल्लाको बबई गाउँपालिका वडा नम्बर ५ स्थित खैरभट्टि सिमगैरा सामुदायिक वन क्षेत्रमा हुन थालेको अतिक्रमण वन कार्यालयले रोकेको छ । केही स्थानीयहरुले वन क्षेत्रको दुई हेक्टर जमिनमा नगदेवाली लगाएका थिए । वन कार्यालयले उक्त वाली नष्ट गरी वन क्षेत्र खाली गराएको छ ।
जिल्ला वन डिभिजन प्रमुख ज्ञवालीका अनुसार लकडाउनका कारण अहिले काठ तस्करी ब्यापक बन्दै गईरहेको छ । उनका अनुसार लकडाउन हुनुपूर्व यस्तो भयावह अवस्था थिएन । ‘लकडाउन हुनुपूर्व त काठ तस्करीका केसहरु नै थिएनन्,’ उनले भने ‘लकडाउन पछि त तस्करी ह्वात्तै बढेको छ ।’ उनका अनुसार लकडाउनमा हुने काठ चोरी निकासी रोक्नका लागि वन कार्यालयले राति र दिउँसो गस्ती टोली परिचालन गरेको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्