नेकपा औपचारिक रूपमा बिभाजन भएपछि मात्र सहकार्य : काङ्ग्रेस – Kanika Khabar
Friday, April 19Nepali News Portal

नेकपा औपचारिक रूपमा बिभाजन भएपछि मात्र सहकार्य : काङ्ग्रेस

    मा प्रकाशित

फागुन १३, काठमाडौं ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) औपचारिक रुपमै विभाजन नभएसम्म काङ्ग्रेसले  कुनै पनि समूहसँग सहकार्य नगर्ने निर्णय गरेको छ ।

सभापति शेरबहादुर देउवा निवासमा आज बिहीबार बसेको पार्टीका पूर्व र वर्तमान पदाधिकारीहरुसँगको छलफलमा कांग्रेसले  यस्ताे निर्णय गरेकाे हाे ।

बैठकपछि कांग्रेस सहमहामन्त्री डाक्टर प्रकाशशरण महतले भने,‘कुनै पनि समूहले गरेको प्रस्तावका बारेमा निर्णय गर्ने बेला अहिले भएको छैन । कम्युनिस्ट पार्टी एकै छ । संसदीय दलको नेता ओली नै हुनुहुन्छ । उहाँको पार्टी एकै रहन्छ वा अर्कै परिस्थिति आउँछ भन्ने काङ्ग्रेसको नियन्त्रणको विषय होइन । कांग्रेसले यो विषय टुंगो लागेपछि मात्रै आफ्नो धारणा बनाउँछ ।’

संसद बैठक शुरु भएपछि जसरी परिस्थिति अघि बढ्छ, त्यो अवस्थामा कांग्रेसले आवश्यक निर्णय गरेेेर अगाडि  बढ्ने निर्णय गरेकाे छ ।

संसदमा अविश्वासको प्रस्ताव पेस भयो भने त्यसपछि मात्रै आवश्यक निर्णय गर्ने कांग्रेसले जनाएको छ ।

 

 

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्