प्रधानमन्त्री पुगे शीतल निवासमा – Kanika Khabar
Thursday, April 25Nepali News Portal

प्रधानमन्त्री पुगे शीतल निवासमा

    मा प्रकाशित

फागुन १३, काठमाडौं ।

प्रधानमन्त्री केपी शर्मा ओली  शीतल निवास पुगेका छन्  । पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल गर्न प्रधानमन्त्री ओली   राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतल निवास पुगेका हुन्।

सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापना गरेपपछि पहिलो पटक प्रधानमन्त्री ओली राष्ट्रपतिलाई भेटन शीतल निवास पुगेका हुन् ।

सर्वोच्चको आदेश अनुसार फागुन २४ गतेभित्र संसद बैठक बोलाउनु पर्ने बाध्‍यतामा रहेका ओलीले यसैबारे छलफलका लागि शीतल निवास गएकाे अनुमान गरिएको छ  ।

अहिले प्रधानमन्त्री ओलीले संसद अधिवेशन बोलाउने गृहकार्यमा जुटेको स्राेतले जनाएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्