घुस लिएको अभियोगमा पक्राउ – Kanika Khabar
Friday, April 19Nepali News Portal

घुस लिएको अभियोगमा पक्राउ

    मा प्रकाशित

फागुन १४, काठमाडौं ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रु ५० हजार घुस लिएको अभियोगमा सशस्त्र प्रहरी बल वेश क्याम्प गैडहवा ३ तोण्डिहवा रुपन्देहीका कार्यालय प्रमुखसहित दुई जनालाई पक्राउ गरेको छ ।

आयोगका प्रवक्ता नारायणप्रसाद रिसालका अनुसार सशस्त्र प्रहरी निरीक्षक दधिराम पौडेल र सशस्त्र प्रहरी नायब निरीक्षक राजेश पासीले सेवाग्राहीको काष्ठ फर्निचर उद्योग सञ्चालनमा सहजीकरण गरिदिने भन्दै रु ५० हजार घुस माग्दै गरेको अवस्थामा आज पक्राउ गरिएको हो ।

आयोगको बुटवल कार्यालयबाट गएको टोलीले गैडहवा गाउँपालिका–३ लोण्डिहवास्थित एसएन सव इन्टरप्राइजेज अगाडिबाट नियन्त्रणमा लिइएको हो । आरोपीद्वयको थप अनुसन्धान भइरहेको आयोगले जनाएको छ । रासस

 

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्