घाेराही नगर प्याब्सनको आयाेजनामा हाजिरी जवाफ प्रतियाेगिता सम्पन्न – Kanika Khabar
Friday, April 19Nepali News Portal

घाेराही नगर प्याब्सनको आयाेजनामा हाजिरी जवाफ प्रतियाेगिता सम्पन्न

    मा प्रकाशित

कनिका खबर
फागुन १४, दाङ ।
घाेराही नगर प्याब्सनकाे आयाेजनामा  संस्थागत विद्यालयहरूकाे  आधारभूूूत तहकाे नगरस्तरीय हाजिर जवाफ  प्रतियाेगिता सम्पन्न भएको   छ ।
घाेराही उपमहानगरपालिमा रहेका  दुई दर्जन बढी संस्थागत विद्यालयकाे  सहभागिता रहेकाे थियाे ।

प्रतियोगितामा   गुरूकुल एकेडेमी घाेराहीका संयम थापा, शुभेच्छा पाैडेल र शुभम पाेख्रेल प्रथम, मेचीकाली बाेर्डिङ स्कुल घाेराहीका उमंग चन्द, विजय वली र माया जि.एम. द्वितीय र स्वर्गद्वारी इङ्लिस बाेर्डिङ स्कुल नारायणपुरका आशिष चाैधरी, साैरभ पाैडेल र एञ्जल के.सी. तृतीय भएका थिए ।

घाेराही नगर प्याब्सनका अध्यक्ष वीरेन्द्र चन्दकाे अध्यक्षता तथा केन्द्रीय सदस्य यादव गिरीकाे प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएकाे थियाे । क्विज मास्टरकाे भूमिका मेचीकाली बाेर्डिङ स्कुलका इञ्चार्ज नवराज देवकाेटा खत्रीले निभाएका थिए । कार्यक्रमकाे सहजीकरण सचिव सूर्यबहादुर रावतले गरेका थिए ।

 

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्