मौसम अपडेट : पहाडी भेगमा मेघ गर्जनसहित वर्षा – Kanika Khabar
Friday, March 29Nepali News Portal

मौसम अपडेट : पहाडी भेगमा मेघ गर्जनसहित वर्षा

    मा प्रकाशित

फागुन १५, दाङ ।
आज र भोलि देशका पहाडी भेगमा मेघगर्जनसहित वर्षाको सम्भावना रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाले आज र भोलि वर्षाको सम्भावना रहेको बताएको हो ।

आज दिउँसो पहाडी भूभागका एक–दुई स्थानमा मेघगर्जन तथा चट्टयाङसहित हल्का वर्षाको सम्भावना रहेको छ । उच्च पहाडी तथा हिमाली भेगमा हल्का हिमपातको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ ।
यस्तो छ तीन दिनको मौसम पूर्वानुमान

फाल्गुन १५ गते

दिउँसो : देशका पहाडी भूभागहरुमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागहरूमा मौसम सामान्यतया सफा रहनेछ । पहाडी भूभागका एक–दुई स्थानमा मेघगर्जन तथा चट्टयाङसहित हल्का वर्षाको सम्भावना रहेको छ । देशको उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

राति : देशका पहाडी भूभागहरुमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागहरूमा मौसम सामान्यतया सफा रहनेछ । पहाडी भूभागका एक–दुई स्थानमा मेघगर्जन तथा चट्टयाङसहित हल्का वर्षाको सम्भावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली भूभागका एक – दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

फाल्गुन १६ गते

दिउँसो : प्रदेश १ का पहाडी भूभागहरुमा सामान्य बदली रही बागमती तथा गण्डकी प्रदेशका पहाडी भूभागहरूमा आंशिक बदली र बाँकी भूभागहरूमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश १ का पहाडी भूभागका एक–दुई स्थानमा मेघगर्जन तथा चट्टयाङसहित हल्का वर्षाको सम्भावना रहेको छ । देशको उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

राति : प्रदेश १ का पहाडी भूभागहरुमा सामान्य बदली रही बागमती तथा गण्डकी प्रदेशका पहाडी भू(भागमा आंशिक बदली र बाँकी भूभागहरूमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश १ का पहाडी भूभागका एक–दुई स्थानमा मेघगर्जन तथा चट्टयाङसहित हल्का वर्षाको सम्भावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

फाल्गुन १७ गते

दिउँसो : प्रदेश १, गण्डकी र सुदूरपश्चिम प्रदेशकाका पहाडी भूभागहरुमा आंशिक बदली र बाँकी भूभागहरूमा मौसम सामान्यतया सफा रहनेछ।

राति : प्रदेश १, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी भू(भागहरुमा आंशिक बदली र बाँकी भूभागहरूमा मौसम सामान्यतया सफा रहनेछ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्