अज्ञात रोगका कारण जयपृथ्वी नगरपालिकाका दुई वडा प्रभावित – Kanika Khabar
Thursday, April 18Nepali News Portal

अज्ञात रोगका कारण जयपृथ्वी नगरपालिकाका दुई वडा प्रभावित

    मा प्रकाशित

फागुन १५, बझाङ ।
अज्ञात रोगका कारण जयपृथ्वी नगरपालिकाका दुई वटा वडाका नागरिक प्रभावित भएका छन् । नगरपालिकाको वडा नं. ८ स्थित जोशी गाउँ र वडा नं. १० स्थित दमदुर, कुलाली गाउँका नागरिकमा करीब एक हप्तादेखि पहिचान हुन नसकेको रोगका कारण त्रास उत्पन्न भएको स्थानीयवासी उमाकान्त जोशीले बताए । उनका अनुसार प्रायः गाउँमा बृद्ध र बालबालिकामा यस्तो समस्या देखिने गरेको पाइएको छ । साथै बिरामीमा ज्वरो आउने, रिङ्गटा र वाकवाकी लाग्ने, खाना नरुच्नेजस्ता लक्षण देखिएको छ ।

रोगको पहिचान हुन नसकेपछि स्थानीयवासीले आफुसँग अनुमानका भरमा औषधि सेवन गर्न थालेका छन् । जिल्ला अस्पताल सिमखेतका प्रमुख डा।सन्दीप ओखेडाले मौसम परिवर्तनका कारणले पनि यस्ता लक्षणहरु देखापरेको हुनसक्ने बताउनुभयो । उहाँले असहज परिस्थिति भएमा तुरुन्त नजिकैको स्वास्थ्य कार्यालय तथा जिल्ला अस्पताल आउन आग्रह गरे ।रासस

 

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्