विकासको बाधक राजनीतिक अस्थिरता : मन्त्री साह – Kanika Khabar
Thursday, April 25Nepali News Portal

विकासको बाधक राजनीतिक अस्थिरता : मन्त्री साह

    मा प्रकाशित

सहरी विकासमन्त्री प्रभु साहले विकासको मुख्य बाधक भ्रष्टाचार र राजनीतिक अस्थिरता भएको बताएका छन् । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कै वर्तमान सरकारलाई ढाल्ने चलखेल गरेको आरोप लगाए ।

नेकपा छिपहरमाई गाउँपालिका कमिटीले शुक्रबार आयोजना गरेको अगुवा कार्यकर्ता भेलामा मन्त्री साहले जनमतको अपमान गर्दै राष्ट्रलाई अस्थिरतामा धकेल्नेले जनतासमक्ष माफी माग्नुपर्ने तर्क गरे ।

मन्त्री साहले धार्मिक अस्था र सुविचार आउने थालोको रुपमा चिनिने प्रदेश नं २ को अस्थायी राजधानी जनकपुर प्रदेश सरकारका कारण बदनाम हुँदै गएको आरोप लगाए । उनले पहिले जनकपुर आस्था, सुविचार धर्मको कारणले चिनिने भए पनि पछिल्लो कालखण्डमा त्यसो नभएको बताए ।रासस

 

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्