म अन्यायमा परेँ : प्रचण्ड – Kanika Khabar
Tuesday, April 16Nepali News Portal

म अन्यायमा परेँ : प्रचण्ड

    मा प्रकाशित

फागुन १५, काठमाडौँ ।
नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूमाथि प्रधानमन्त्री केपी ओलीको प्रहार धेरै भएपछि पार्टी एकतामा संकट पैदा भएको बताउनुभएको छ ।

आज ललितपुरको जाउलाखेलमा शिक्षकहरुको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै प्रचण्डले आफू अन्यायमा परेको बताउनुभएको हो । न्याय र सत्यका पक्षमा बोलिदिन पनि प्रचण्डले शिक्षकहरुलाई आग्रह गर्नुभयो । कार्यक्रममा प्रचण्डले ओलीसँग बेइमानी छलकपट बाहेकको कुनै क्षमता नभएको टिप्पणी गर्नुभयो ।

जेलमा बस्दा पनि ओलीले चाणक्य नीति बाहेक केही नपढेको आरोप प्रचण्डले लगाउदै अहिले राजनीतिमा शकुनी पात्रको रुपमा देखिएको टिप्पणी गर्नुभयो । ओलीको क्षमता भनेकै विचार इमान्दारमा नभइ बेइमानी छलकपटमा रहेको प्रचण्डको आरोप थियो । ओली सँगको लडाइ अदालतको फैसलासँगै जितिएको प्रचण्डको भनाइ छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्