जनता समाजबादी पार्टीकाे बैठक दाङमा सम्पन्न – Kanika Khabar
Friday, April 19Nepali News Portal

जनता समाजबादी पार्टीकाे बैठक दाङमा सम्पन्न

    मा प्रकाशित

शिवु खनाल
दाङ, १५ फागुन ।
जनता समाजबादी पार्टी दाङको बैठक घाेराहीमा सम्पन्न भएको छ । जनता समाजबादी पार्टीका लुम्बिनी प्रदेश मुख्य सचिब यज्ञ पोख्रेलको प्रमुख आतिथ्यमा एवम् जनता समाजबादी पार्टीका जिल्ला अध्यक्ष होमप्रसाद शर्माको अध्यक्षतामा बैठक सम्पन्न भएको हाे ।

देशको बदलिँदो राजनीतिक अवस्थालाई मध्यनजर गर्दै, जिल्ला कमिटीको पुर्ण बैठकले आगामी चैत्र तेह्रगते सम्म भित्र पार्टीको स्थानीय तहसम्म पार्टी समायोजनको काम सम्पन्न गर्दै स्थानीय तहमा संघीयता, समाजबाद, सुशासन र समृद्धिको एजेन्डालाई गाउँतहमा स्थापित गर्ने गरी सशक्त रूपमा प्रचार तथा संगठन बिस्तारमा लाग्ने निर्णय भएको पार्टीका जिल्ला सचीव लक्ष्मी चौधरीले जानकारी दिनुभयो ।

बैठकमा प्रमुख अतिथि लुम्बिनी प्रदेश मुख्य सचिव यज्ञ पोख्रेलले केपी ओलीको प्रतिगमनका विरुद्ध दाङ जिल्लाले गरेको शसक्त प्रतिरोधलाई धन्यवाद ज्ञापन गर्दै, मुक्त कन्ठले प्रसंशा गर्नु भएको थियो ।

यस्तै बैठकमा जिल्ला अध्यक्ष होमप्रसाद शर्माले अब दाङ जिल्लाका स्थानीय प्रतिनिधिहरुले गर्ने मनपरी अन्त्य हुने र त्यसको सशसक्त रूपमा खबरदारी जनता समाजबादी पार्टी दाङले गर्ने बताउनुभयो ।।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्