दाङमा पश्चिम नेपाल शैक्षिक परामर्श संगठन गठन – Kanika Khabar
Friday, April 19Nepali News Portal

दाङमा पश्चिम नेपाल शैक्षिक परामर्श संगठन गठन

    मा प्रकाशित

१६, फागुन,घोराही ।

दाङमा पश्चिम नेपाल शैक्षिक परामर्श संगठन (डब्लुयनसिओ) गठन गरिएको छ । जिल्लामा रहेका शैक्षिक परामर्श संस्थाहरूकाे सहकार्यमा संगठन गठन गरिएको हो ।

संगठनकाे अध्यक्षमा मितेरी एजुकेशन नेपाल घोराहीका कुलदिप शर्मा रहनुभएको छ । संगठनको उपाध्यक्षमा क्योदाई मल्टिप्रपोज घोराहीका सुर्य बहादुर के.सी, सचिबमा मिलिजुली एजुकेशन तुलसीपुरका शौरभ शर्मा, सह–सचिबमा गोयल एजुकेशन लमहीका पोशन अधिकारी, कोषाध्यक्षमा ओसिस एजुकेशन तुलसीपुरका प्रकृत रेग्मी रहनुभएको छ ।

त्यसैगरी सदस्यहरुमा सेवा एडुकेयरका मनोज पौडेल, फुजी ईन्टरनेशनल घोराहीका लक्ष्मण प्रसाद शमा, ओपन स्काई तुलसीपुरका सन्तोष सुनार र आहायोउ जापानिज ल्याङगोविजका ललित कुमार ओली रहनुभएके छ ।
घोराहीमा सम्पन्न बैठकबाट संगठनको सल्लाहकारका रुपमा एड्भान्स ऐकेडेमी घोराहीका छबि गिरी र राईट पाप तुलसीपुरका मेघराज ओली रहनुभएको छ ।

आज शनिबारको भेलामा संगठनको कार्यसमिति सदस्यमा फस्ट स्टेप ऐडुकेशन घोराहीका शन्तोष गिरी, ओहायो जापानिज ल्याङगोविजका प्रशान्त कवर, कियोदय मल्टिप्रपोज कन्सल्टेन्सीका घोराही महेश वि.क , साकुरा ल्याङगोविजका मदन भुुसाल,रिडमोर इडुब्रिजका बिर बहादुर जि.सी, ईनर्जी एजुकेशन एण्ड् करियरका निर्मल न्यौपाने,मुनलाईट ल्याङगोविजका नबराज भुसाल,सनराईज एजुकेशन कन्सल्टेन्टिका बबिन भण्डारी र मिराइ ईन्टरनेशनल जापानिज ल्याङगोविजका रमेश गौतम रहनुभएको छ ।

 

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्