रोल्पा आईटिएफ तेक्वान्दोको डोजाङ उद्घाटन – Kanika Khabar
Thursday, April 25Nepali News Portal

रोल्पा आईटिएफ तेक्वान्दोको डोजाङ उद्घाटन

    मा प्रकाशित

दाङ,१६फागुन ।

रोल्पा आईटिएफ तेक्वान्दो संघको आयोजनामा शनिवार रोल्पाको गंगादेव गाउपालिकामा डोजाङ उद्घाटन तथा पेटी परिक्षा सम्पन्न भएको छ ।

रोल्पा आईटिएफ तेक्वान्दो संघका अध्यक्ष बिक्रम बाठामगरको अध्यक्षता तथा गंगादेव गाउँपालिका अध्यक्ष वीरबहादुर खत्रीको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । कार्यक्रममा प्रमुख अतिथि खत्रीले गंगदेव गाउँपालिकाको राकमा संचालित जायाचौर आईटिएफ तेक्वान्दो डोजाङ र ताप्ला आईटिएफ तेक्वान्दो डोजाङ उद्घाटन गरेका थिए । त्यस अवसरमा पेटी परिक्षा कार्यक्रम समेत भएको थियो ।

कार्यक्रममा बोल्ने बक्ताहरुले राष्ट्रको गहनासँगै हरेक व्यक्तिहरुको आत्मसुरक्षाका लागि समेत महत्वपूर्ण रहेको खेलकुद क्षेत्रको विकासका लागि ध्यान दिन आवश्यक रहेको बताएका थिए ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्