खुला पुरुष भलिबल जारी – Kanika Khabar
Wednesday, April 24Nepali News Portal

खुला पुरुष भलिबल जारी

    मा प्रकाशित

लक्ष्मण बस्नेत

फागुन १६, दाङ ।

दाङ तुलसीपुर अरनिको मैदानमा जारी जिल्ला कै सर्वाधिक ठूलो पुरस्कार राशीको खुला पुरुष भलिबल प्रतियोगितमा डल्फिन फिड कैलाली,पिवाईसी रुकुम र हिरा डागी फाउन्डेसन ले बिजयी सुरुवात गरेका छ्न् ।

नेपाल गणतान्त्रिक खेलकुद महासंघ को आयोजना मा संचालित प्रतियोगिता को आईतवार सम्पन्न लिग चरणका खेलमा युवा बहुमुखी क्लब पिपलनेटा सल्यानलाई २५-१२ र २५-२० को सोझो सेटमा पाखा लगाउदै डलफिन फिड कैलाली ले बिजयी यात्रा सुरु गरेको हो । त्यस्तै फेलोसिप ट्रेनिङ सेन्टर तुलसीपुरलाई २५-१२,२३-२५ र २५-१६ अर्थात २-१ को सेटमा पाखा लगाउदै बिजयी यात्रा सुरु गर्दा देउखुरी भलिबल क्लब लाई २५-१५ र १५- २३ को सोझो सेटमा पराजित गर्दै हिरा डागी फाउन्डेसन ले आफ्नो बिजयी यात्रा सुरु गरेको हो । यसैविच प्रतियोगिता अन्तरगत सोमबार बिहान हुने पहिलो खेलमा रुकुम पश्चिम र राप्ती बबई क्याम्पस तुलसिपुर भिड्नेछन् । खेल बिहान साढे सात बजेदेखि सुरु हुने आयोजकले जानकारी दिएको छ । प्रतियोगिताको रेफ्रीको भुमिकामा रास्ट्रिय रेफ्री हरिस वली,प्रदेश रेफ्री भरत कवर, धनमाया बोहरा र भिम बहादुर डाँगी लगाएत रहनुभएको छ ।

सबैका लागि खेलकुद, खेलकुदमा बैज्ञानिक नयाँ संरचना र आमुल परिबर्तन भन्ने मुल नाराका साथ स्थानिय स्तरमा भलिबल खेलको पहुँच अभिवृद्धि गर्दै प्रतिभावान खेलाडीको पहिचान र बिकासमा टेवा पुर्‍याउने उदेश्य रहेकाे छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्