सकियाे यस वर्षकाे जाडाेयाम, सुरू भयाे प्रि मनसुन – Kanika Khabar
Friday, April 19Nepali News Portal

सकियाे यस वर्षकाे जाडाेयाम, सुरू भयाे प्रि मनसुन

    मा प्रकाशित

फागुन १७, दाङ ।

आजदेखि यस वर्षको जाडोयाम समाप्त भएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाले यस वर्षकाे जाडोयाम समाप्त भएकाे बताएकाेे हाे ।

महाशाखाका अनुसार  जाडोयाम समाप्त भएसँगै प्रि-मनसुन शुरू  हुन लागेको छ । प्रि-मनसुन याममा हरेक दिनजसो अपराह्न र साँझपख  मेघगर्जन/चट्याङ्गसहित हावाहुरी र असिनापानी पर्ने सम्भावना हुने भएकाले त्यसबाट जोगिन महाशाखाले अपील गरेको छ ।

महाशाखाले विहान ६ बजे जारी गरेको तीन दिनको पूर्वानुमान वुलेटिनमा मंगलबार र बुधबार मौसम सफा रहने पूर्वानुमान गरिएको छ ।

यस्तो छ तीन दिनकाे माैसम

फागुन १७ गते (सोमबार)

दिउँसो :  प्रदेश १, वाग्मती, गण्डकी, कर्णाली र सुदुर-पश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागहरुमा आंशिक बदली र बाँकी भू-भागहरूमा मौसम सामान्यतया सफा रहने छ। प्रदेश १ र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।

राति :  प्रदेश १, गण्डकी र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागहरुमा आंशिक बदली र बाँकी भू-भागहरूमा मौसम सामान्यतया सफा रहने छ ।

फागुन १८ गते (मंगलबार)

दिउँसो :  प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागहरुमा आंशिक बदली र बाँकी भू-भागहरूमा मौसम सामान्यतया सफा रहने छ ।

राति :  प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागहरुमा आंशिक बदली र बाँकी भू-भागहरूमा मौसम सामान्यतया सफा रहने छ ।

फागुन १९ गते (बुधबार)

दिउँसो :  प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागहरुमा आंशिक बदली र बाँकी भू-भागहरूमा मौसम सामान्यतया सफा रहने छ।

राति :  प्रदेश १ का पहाडी भू-भागहरुमा आंशिक बदली र बाँकी भू-भागहरूमा मौसम सामान्यतया सफा रहने छ ।

 

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्