दोस्रो वडा अध्यक्ष कप सुरु , टरिगाउँको बिजयी सुरुवात – Kanika Khabar
Friday, April 19Nepali News Portal

दोस्रो वडा अध्यक्ष कप सुरु , टरिगाउँको बिजयी सुरुवात

    मा प्रकाशित

लक्ष्मण बस्नेत
फागुन १७ टरिगाउँ दाङ ।
तुलसीपुर उप महानगरपालिका वडा न १२ दोस्रो अध्यक्ष कप फुटबल प्रतियोगिता आज सोमबारदेखि टरिगाउँ खेल मैदानमा सुरु भएको छ ।
एयरपोर्ट टोल बिकास संस्था तुलसीपुर १२ को आयोजनामा संचालित प्रतियोगिताको उद्घाटन कार्यक्रम का प्रमुख अतिथि तुलसिपुर वडा न १२ का अध्यक्ष सुर्य बहादुर डाँँगी (श्याम) फे गर्नुभएको हो ।
उद्घाटन समारोहलाई सम्वोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि डाँगीले मानव स्वास्थ्यसँँग प्रत्यक्ष जोडिएको खेलकुदको विकास विना देशको समृद्धि असम्भव रहको बताउनुभएको छ ।
मावन समाज र अनुशासन को मुख्य मेरुदण्ड खेलकुद हो यसको विकासविना समृद्धि सम्भव छैन अव स्थानीय तह सिंगो खेलकुदको विकासमा जुट्न आवश्यक छ डाँगीले भन्नुभयो ।
खेलकुद क्षेत्रलाई स्थानीय निकायले हेर्ने दृष्टिकोण अझै साँधुरो छ अब खेलकुदमा स्पष्ट लगानीको खाँचो छ, खेलकुदको उर्वरभूूूमि दाङलाई खेलमय बनाउन अपेक्षाकृत लगानीको आवश्यक्ता पर्दछ उहाँले भन्नुभयो ।

आयोजक टोल बिकास सस्थाका अध्यक्ष तिलक बहादुर बस्नेतको अध्यक्षता तथा तुलसीपुर उपमहानगरपालिका वडा न १२ अध्यक्ष सुर्य बहादुर डाँगीको प्रमुख आतिथ्यमा भएको थियो ।
टोल बिकास सस्थाका सचिव भरत लामिछनेको स्वागत रहेको कार्यक्रममा तुलसिपुर उपमहानगरपालिका वडा न १२ का सदस्य मान बहादुर खत्री,शान्ता पुन,रामशरण चौधरी ,टीका बिक, समाजसेवी शिव बुढाथोकी,टोप बहादुर बुढाथोकी लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो । कार्यक्रमको संचालन भिम बहादुर बस्नेतले गर्नुभएको थियो ।
तिन दिनसम्म चल्ने प्रतियोगितामा वडा भित्र स्थापित १० टोल बिकास सस्थाका टिम को सहभागिता रहेको छ! यसैबिच प्रतियोगिता मा तुलसिपुर १२ टरिगाउ ले बिजयी सुरुवात गरेको छ ।
उद्घाटन खेलमा आयोजक क्वाङीलाई शुन्यका बिरुद्ध ३ गोल अन्तरले पाखा लगाउदै टरिगाउ ले बिजयी सुरुवात गरेको हो ।
खेलमा टरिगाउँका जर्सी न १० खेलाडी डिक्सन केसी ले ह्याटि्रक  गर्नुभयाे ।

खेलको पहिलो हाफ्को १७,दोस्रो हाफ्को २३ र २८ औ मिनेटमा गोल गर्दै टिम लाई ३-० को जित दिलाउन सफल हुनुभयो । प्रतियोगिता अन्तरगत मंगलबार बिहान टरिगाउँँ ए र कचिली बि भिड्नेछ्न । खेल बिहान ७ बजे हुनेछ ।
खेल अवधिभर रेफ्रीको भुमिकामा एन्फा रेफ्री शिवहरि शर्मा, खुम वली र सुरेन्द्र चौधरी रहनु हुुुुनेछ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्