सक्सेस एकाडेमीमा खेल सप्ताह सुरू – Kanika Khabar
Friday, April 19Nepali News Portal

सक्सेस एकाडेमीमा खेल सप्ताह सुरू

    मा प्रकाशित

कनिका खबर
तुलसीपुर,१७ फागुन ।
तुलसीपुरमा रहेको सप्तरंगी इङगलिस मिडियम स्कुल (सक्सेस)मा खेल सप्ताह सुरु भएको छ ।

तुलसीपुर–९ बेलुवामा रहेको विद्यालयले विद्यार्थीहरुको आन्तरिक क्षमता अभिवृद्धिका लागि खेल सप्ताह कार्यक्रमको आयोजना गरेको विद्यालयका प्रधानाध्यापक छविकुमार वलीले बताए ।

खेलसप्ताह कार्यक्रम आज सोमबारदेखि सुरु गरेको हो ।
बिद्यालयले विगतका वर्षहरु देखिनै सञ्चालन गर्दै आएको खेल सप्ताह कार्यक्रम यस वर्ष पनि सुरु गरेको छ ।
बिद्यालयमा खेल सप्ताह अन्तर्गत, फुटबल, दौड, कपर्दी, कुर्सी दौड लगायतका प्रतियोगिताहरु रहेका छन् ।

सोमबारदेखि सुरु भएको खेल सम्प्ताह फागुन २१ गते शुक्रबारसम्म हुने छ भने उक्त दिन विभिन्न विधाका प्रतियागीतामा सहभागि भई प्रथम, द्वितीय र तृतीय हुने र विद्यालयले सञ्चालन गर्ने शैक्षिक क्रियाकलापमा उत्कृष्ट हुने विद्यार्थीहरुलाई पुरस्कृत गरिने छ ।

बिद्यालयका प्राधानाध्यापक  वलीको अध्यक्षता एवं विद्यालय सञ्चालक समिति सदस्य बिर बहादुर भण्डारीको प्रमुख आतिथ्यता साथै देवराज भण्डारीको विशिष्ट आतिथ्यतामा खेल सप्ताहको उद्घाटन गरिएको हो । विद्यालयका सहायक प्रिन्सिपल प्रदिप वलीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रम विद्यालय संयोजक गोपाल गिरीले गरेका थिए ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्