१८ लाख ७८ हजार नेपाली रुपैयाँ सहित ३ जना पक्राउ – Kanika Khabar
Thursday, March 28Nepali News Portal

१८ लाख ७८ हजार नेपाली रुपैयाँ सहित ३ जना पक्राउ

    मा प्रकाशित

फागुन १७,काठमाडौं ।

महानरगपालिका-१४ कुलेश्वरस्थित फलफुल बजारबाट स्रोत नखुलेको १८ लाख ७८ हजार नेपाली रुपैयाँ सहित ३ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीका अनुसार पक्राउ पर्नेहरुमा काठमाडौ महानगरपालिका-१४ कुलेश्चर बस्ने नुवाकोट बिदुर नगरपालिका-१३ घर भएका ३७ वर्षीय नवराज कार्की, काठमाडौ तारकेश्वर बस्ने नुवाकोट दुप्चेश्वर गाउँपालिका- ६ घर भएका २७ वर्षीय सुमन थापा र काठमाडौ कुलेश्वर बस्ने भारत बिहार घर भएका ५६ वर्षीय सत्य नारायण प्रसाद रहेका छन् ।

उक्त स्थानमा हुण्डी कारोबार भइरहेको भन्ने सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त कालिमाटीबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त स्रोत नखुलेको रुपैयाँ सहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्