निगमले फेरि बढायाे पेट्रोलियम पदार्थको मुल्य – Kanika Khabar
Thursday, April 25Nepali News Portal

निगमले फेरि बढायाे पेट्रोलियम पदार्थको मुल्य

    मा प्रकाशित

फागुन १७, दाङ ।

पछिल्लो चरणमा पेट्रोलियम पदार्थको मूल्य सुस्त गतिमा बढ्न  थालेको छ  । यसअघि फागुन ४ गते मुल्य बढेकाे थियाे । पछिल्लो मुल्य वृद्धि भएकाे २ हप्तामा नेपाल आयल निगमले पुन: पेट्रोलियम पदार्थको मूल्य  बढाएको छ ।

सोमबार राति १२ बजेबाट लागू हुने गरी डिजेल, पेट्रोल र मट्टीतेल र हवाई इन्धनको मूल्य बढेको निगमले जनाएकाे छ ।

डिजेल, पेट्रोल र मटितेलमा प्रतिलिटर २ रुपैयाँ, हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटरमा ५ रुपैयाँले मूल्य बढाईको निगमद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।

मूल्य बृद्धिपछि पेट्रोलको भाउ प्रतिलिटर ११६ रुपैयाँ र डिजेल तथा मटितेलको भाउ ९९ रुपैयाँ कायम भएको छ । यस्तै हवाई इन्धन आन्तरिकतर्फको प्रतिलिटर मूल्य ७२ रुपैयाँ पुर्याइएको छ । खाना पकाउने ग्यासको मूल्य यथावत छ ।

अन्तर्राष्ट्रिय बजार कच्चा तेलको मूल्यमा भएको बृद्धिका कारण भारतीय आयल कर्पाेरेसनबाट बढेर मूल्य प्राप्त भएको निगमले जनाएको छ ।

मूल्य समायोजन पछि निगमलाई पेट्रोलमा प्रतिलिटर ८.४२ पैसा, डिजेलमा प्रतिलिटर ६.५६ तथा एलपी ग्याँसमा प्रति सिलिन्डर ३९२.८२ पैसा घाटा रहेको निगमले बताएको छ । अहिले पनि अर्धमासिक रूपमा करिब एक अर्ब ३२ करोड घाटा नै रहने निगमले जनाएको छ ।

 

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्